ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
विशाल गोले प्रथम मेमोरियल कपमा वडा अध्यक्ष अमित ठकुरीद्वारा सहयोग ।।।
विशाल गोले प्रथम मेमोरियल कपमा वडा अध्यक्ष अमित ठकुरीद्वारा सहयोग ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,माघ २१ । धनगढीमाई नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्युले रिभरसाईड युवा क्लबलाई टिम व्यवस्थापनको लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । उहाँले रु २६५० को सहयोग रकम गोले प्रथम मेमोरियल कप २०८१ लाई सहयोग गर्नु भएको हो ।
उक्त कप प्रतियोगिता सिरहाको १० नं. वडा क्षेत्रमा भैरहेको छ, जहाँ सप्तरीका विभिन्न खेलाडीहरू सहभागिता जनाउने भएको छ । रिभरसाइड युवा क्लबले यो अवसरमा आफ्नो टिमलाई व्यवस्थापन गर्न सहयोग प्राप्त गरेकोमा क्लबका सदस्यहरूले वडाध्यक्ष अमित ठकुरीलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
सहयोगको यो महत्वपूर्ण कदमले स्थानीय खेलको प्रोत्साहनमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ । क्लबका पदाधिकारीले भने, “हामीलाई यस्ता सहयोगहरूले हाम्रो टिमलाई थप उत्साह र हौसला दिन्छ, र यसले खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।”
अन्ततः, रिभरसाइड युवा क्लब र सम्पूर्ण टिम व्यवस्थापनका सदस्यहरूले वडाध्यक्ष अमित ठकुरीलाई यस सहयोगका लागि आभार व्यक्त गर्दै, उहाँको उत्तरोत्तर प्रगति र सफल कार्यकालको कामना समेत गरेका छन् ।





