ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
नेपाली राजदूत डा. नेत्र प्रसाद तिमल्सिना र पिएनसिसि मलेसियाबीच औपचारिक परिचयात्मक भेटघाट सम्पन्न
मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिमल्सिना र पिएनसिसि मलेसियाबीच परिचयात्मक भेटघाट सम्पन्न
थाङ्मीचागु डटकम १९ सनिवार माघ २०८१
क्वालालम्पुर, मलेसिया – मलेसियाका लागि नव नियुक्त नेपाली महामहिम राजदूत डा. नेत्र प्रसाद तिमल्सिना र प्रवासी नेपाली नागरिक समन्वय परिषद् (पिएनसिसि) मलेसियाबीच परिचयात्मक भेटघाट सम्पन्न भएको छ। भेटघाट क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा ३१ जनवरी, शुक्रबार सम्पन्न भएको हो।
भेटघाटका क्रममा पिएनसिसिले मलेसियामा आफ्नो सांगठनिक संरचना, कार्यक्षेत्र र उद्धार कार्य गर्दा भोग्नु परेका प्रशासनिक चुनौतीहरूबारे महामहिम राजदूतलाई जानकारी गराएको थियो। साथै, उद्धार कार्यमा समन्वय गर्न सहकार्य गर्ने संघ-संस्था र सहयोगी व्यक्तित्वहरूको योगदान पनि अवगत गराइएको थियो।
समयको सीमितताका कारण पिएनसिसिले विगतमा गरेका कार्यहरूको विस्तृत विवरण लिखत ड्राफ्टका रूपमा महामहिम राजदूतलाई हस्तान्तरण गरेको थियो। उक्त ड्राफ्टमा उद्धार गरिएका केही पीडितहरूको अभिलेख पनि समावेश गरिएको थियो।
भेटघाटमा राजदूतावासका तर्फबाट महामहिम डा. नेत्र प्रसाद तिमल्सिना, नियोग उप-प्रमुख मुदीता बज्राचार्य, प्रशासकीय प्रमुख बलिराम धामी सहभागी हुनुहुन्थ्यो। पिएनसिसि मलेसियाको तर्फबाट संयोजक पूर्ण सुब्बा, जीवन देवान, पदमराज लिम्बू, निमेश मादेन, रेखा लिङ्दम र सुरेशको उपस्थिति रहेको थियो।





