नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
खोपाचागुमा माघ २२ देखि २४ सम्म राष्ट्रिय HPV खोप अभियान सञ्चालन ।।।
खोपाचागुमा माघ २२ देखि २४ सम्म राष्ट्रिय HPV खोप अभियान सञ्चालन
थाङ्मीचागु सम्बादाता १५ माघ मंगलबार २०८१

[दावा पेम्बा शेर्पा ]
दोलखा,खोपाचागु: खोपाचागु स्वास्थ्य चौकीले माघ २२ देखि २४ सम्म तीन दिनसम्म राष्ट्रिय HPV खोप अभियान सञ्चालन गर्ने भएको छ। विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

स्वास्थ्य चौकीका प्रमुख लिला बहादुर थामीका अनुसार यस अभियानअन्तर्गत माघ २२ गते श्री कालिञ्चोक मावि थाङ्मीचागु, माघ २३ गते हिमालय मावि खोपाचागु र माघ २४ गते छुटेकाहरूलाई खोपाचागु स्वास्थ्य चौकीमा खोप प्रदान गरिनेछ। अभियानका लागि करिब १३५ जना किशोरीहरूको विवरण संकलन भइसकेको छ।

सरकारको नीति अनुसार खोप अभियान सम्पन्न भएपछि सबै किशोरीहरूलाई खोप प्रमाणपत्र वितरण गरिनेछ। प्रमुख थामीले जानकारी दिएअनुसार आगामी शैक्षिक वर्षदेखि विद्यालय भर्नाका लागि HPV खोप प्रमाणपत्र अनिवार्य गरिने राष्ट्रिय नीति बनिसकेको छ। यसले बालिकाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

देशव्यापी रूपमा सञ्चालन भइरहेको यो अभियानअन्तर्गत विभिन्न सभा, गोष्ठी तथा अन्तर्क्रियाहरूसमेत भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। स्थानीय विद्यालयहरू, अभिभावक तथा समुदायको सक्रिय सहभागिताले यो कार्यक्रम सफल हुने विश्वास गरिएको छ।






