चरिकोटबाट सहयोगापेक्षी सडक मानवको उद्धार, व्यवस्थापनमा सामाजिक अभियन्ताको योगदान

0Shares

चरिकोटबाट सहयोगापेक्षी सडक मानवको उद्धार, व्यवस्थापनमा सामाजिक अभियन्ताको योगदान

थाङमिचागु डटकम संवाददाता

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट सहयोगापेक्षी एक जना सडक मानवको उद्धार गरिएको छ। भिमेश्वर नगरपालिका र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा, खम्बे नाम बताउने करिब ३२ वर्षीय युवकलाई उद्धार गरिएको हो। ती युवक लामो समयदेखि चरिकोट आसपासका क्षेत्रहरूमा सडकलाई नै नाना, छाना र खानाको स्रोत बनाउँदै आइरहेका थिए।

उनीलाई गत हप्ता मानव कल्याण समाज, काभ्रेपलाञ्चोकमा पुर्‍याई व्यवस्थापन गरिएको छ। सामाजिक अभियन्ता राजन बस्नेतले यसबारे जानकारी दिँदै समाजका लागि समर्पित भएर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। बस्नेतले हालसम्म २० भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार र व्यवस्थापन गरिसकेका छन्।

यस कार्यमा भिमेश्वर नगरपालिकासहित अन्य ९ स्थानीय तह, जिल्ला प्रहरी कार्यालय दोलखा, नागरिक समाज, र सामाजिक अभियन्ताहरूको सहकार्य रहेको बताइएको छ। यस्तो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोगापेक्षी व्यक्तिहरूको जीवनमा सुधार ल्याउने प्रयासलाई थप बल पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *