खुट्टी खोलामा पानी छैन, आम किसानको सिँचाइको माग लिएर सडकमा आन्दोलन।।।

0Shares

खुट्टी खोलामा पानी छैन, आम किसानको सिँचाइको माग लिएर सडकमा आन्दोलन।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,माघ १३ । पछिल्लो समय सिरहाको लहानमा खुट्टी खोलाको नहर आन्दोलनले सडक तताएको अवस्था छ ।
वर्षौंदेखि सञ्चालन विहिन बनेको नहरको भौतिक संरचना प्राय ठाउँ ठाउँमा कुरुपको अवस्थामा रहेको पाईन्छ । नहरको शुरुवाती बिन्दु अर्थात् नहर उदगम स्थलमा बनाइएको ड्याम नहरभन्दा गहिरो एकातिर रहेको छ भने अर्कोतर्फ सिँचाईयोग्य पानी खुट्टी खोलामा छैन । नहरको फोहोर पानी नहरबाट खोलामा गइरहेको स्थलगत रूपमा सजिलै देख्न सकिन्छ ।

नहरको ग्रामीण चौकमा नहरमै बनाइएको मन्दिर र उक्त भागको दक्षिणी भागमा नहरको भौतिक स्वरूप बिग्रीदै स्थानियहरुले नहरमा घरबाट निकालिने फोहोर पानी व्यवस्थापनको उपयुक्त वातावरण बनाएको उक्त नहरमा राखेको नाला पाईपलाई हेरेर सजिलै बुझ्न सकिन्छ ।

नहर लहानको मुख्य बजार भएर गएकोले स्थानियको घरहरूबाट निकालिएको फोहोर व्यवस्थापनको उपयुक्त ठाउँ बनेको कारण नहर दुर्गन्धित बनेको एउटा अवस्था छ भने अर्कोतर्फ नहरको हुलाक एरियामा नहर पूर्णतया मासिन पुगेको अवस्था छ ।

नहर आम किसानको बाझो खेतमा सिँचाइको पुगाउनको निम्ति योग्य देखिएको छैन । वर्षौंदेखि सञ्चालन विहिन बनेको नहरलाई व्यवस्थित गर्दै लाहान नगरले उक्त ठाउँमा हयुम पाईपको अवधारणा ल्याएर काम अघि बढाउनु नहर ब्यबस्थापन र आम किसानको खेतमा सिँचाइको वातावरण सिर्जनाको लागि तयार भएको स्पष्ट बुझ्न सकिन्छ ।

आम किसानको सिँचाइको माग लिएर सडकमा आन्दोलनमा उत्रिएका आन्दोलनले यसरी नै आन्दोलन जारी राख्ने हो भने त्यसले नहर नत ब्यबस्थापन हुनसक्छ नत सञ्चालन । जसले गर्दा समग्र लहानको विकासमा प्रत्यक्ष्य प्रभाव पारेको एउटा अवस्था रहेको पाईन्छ ।

बजार एरियामा नहर खुल्ला राख्नु भनेको फोहोरले बजार एरिया कुरुप बनाउने हो । नहर दुर्गन्धित बनेको छ,जसले स्थानिय जनजीवनलाई प्रत्यक्ष रूपमा प्रभावित पार्दै आएको छ । बजारमा कुनै खेती हुँदैन जहाँ नहर खुल्ला राख्नु पर्ने आवस्यकता नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *