काभ्रे सेवा समाज युएईको पाँचौ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

0Shares

काभ्रे सेवा समाज युएईको पाँचौ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

थाङ्मीचागु डटकम सम्बादाता

सोमबार ६ माघ २०८१

काभ्रे सेवा समाज युएईले आफ्नो पाँचौ महाधिवेशन सम्पन्न गर्दै 2025-2027 कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले Betta Ghising लाई अध्यक्षमा चयन गरेको छ भने GeMs Lama महासचिवका रूपमा चयन भएका छन्।

नवगठित कार्यसमितिमा 33 जना सदस्यहरू समेटिएका छन्, जसले आगामी दुई वर्ष समाजको नेतृत्व गर्नेछन्। महाधिवेशनले समाजको विकास, सेवा र गतिविधिलाई अझ प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरेको छ।

अध्यक्ष Betta Ghising ले आफ्नो कार्यकालमा समाजका सदस्यहरूको हक, अधिकार, र सेवा प्रवर्द्धनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। महासचिव GeMs Lama ले समाजको गतिविधिलाई थप पारदर्शी र प्रभावकारी बनाउन जोड दिने बताएका छन्।

समाजका सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समाजले थप प्रगतिशील गतिविधि गर्दै सबै नेपाली समुदायलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *