नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नामसालिङ र कालिन्चोक विकास केन्द्रद्वारा कालिन्चोकमा बेमौसमी तरकारी खेतीका सामग्री वितरण
कालिन्चोक १ मा १० कृषकलाई बेमौसमी तरकारी खेतीका लागि प्राविधिक सहयोग तथा सामग्री वितरण
२१ पुष आइतबार २०८१
थाङ्मीचागु डटकम सम्बादाता
[सन्तोष ठान्टी थाङ्मी]

कालिन्चोक गाउँपालिका-१ मा गठित ८ कृषक समूहका १० जना अगुवा कृषक सदस्यलाई बेमौसमी तरकारी खेतीका लागि प्राविधिक सहयोग तथा आवश्यक सामग्री वितरण गरिएको छ।

विकास कोष नर्वेका नेपाल प्रतिनिधि योगि कायस्थको सहयोग र नेदरल्यान्डकी म्याडम Ineke Kroesको आर्थिक सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत यो कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रमका दौरान कृषकहरूलाई गुमोज प्लास्टिक टनेल, नर्सरी तयार गर्ने तरिका, रोग-कीरा व्यवस्थापन, सिँचाइ पद्धति, मलखाद प्रयोग लगायतका विषयमा प्राविधिक प्रशिक्षण प्रदान गरिएको थियो। साथै, प्लास्टिक टनेल, हजारी, गाडेन पाइप, यलो स्टिकी ट्र्याप, टमाटर, काउली, बन्दा, प्याजजस्ता बिउबिजन वितरण गरियो

सामग्री वितरण कार्यक्रम दिपजङ सान किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालय क्यापोलमा वडा सदस्य साङ्तेम्बा तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कृषि प्राविधिक अस्मिता बस्नेतले बेमौसमी तरकारी खेतीबारे प्राविधिक सुझाव प्रदान गर्नुभएको थियो।

यस परियोजनाले कालिन्चोक क्षेत्रका कृषकहरूलाई आत्मनिर्भर बनाउन र बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।






