“दोलखामा चार किशोर बेपत्ता: परिवार र विद्यालयको सहयोगका लागि अपिल”

0Shares

किशोरहरू हराएको सूचना

दोलखा जिल्ला, सैलुङ गाउँपालिका–७ स्थित श्री साउते माध्यमिक विद्यालयमा अध्ययनरत चारजना किशोर २०८१ साल पौष २२ गते, आइतबार बिहान करिब १० बजेदेखि हराइरहेका छन्।

हराएका किशोरहरूको विवरणः

  1. दावा तामाङ

उमेर: १४ वर्ष

पोसाक: विद्यालयको पोसाक (सेतो सर्ट, नीलो पाइन्ट)

ठेगाना: मामाघर (सैलुङ गाउँपालिका–७)

विशेषता: मझौलो कद, गोरो वर्ण।

सम्पर्क व्यक्ति: गोपाल तामाङ (मामा)

सम्पर्क नम्बर: ९८६०४४८२१९

  1. समिर बस्नेत

उमेर: १४ वर्ष

पोसाक: विद्यालयको पोसाक (सेतो सर्ट, नीलो पाइन्ट)

ठेगाना: सोही गाउँपालिका

विशेषता: दुब्लो ज्यान, गोरो वर्ण।

सम्पर्क व्यक्ति: सीता बस्नेत (हजुरआमा)

सम्पर्क नम्बर: ९८४४१४४८४७

  1. अनिल नेपाली

उमेर: १४ वर्ष

पोसाक: विद्यालयको पोसाक (सेतो सर्ट, नीलो पाइन्ट)

ठेगाना: सोही गाउँपालिका

विशेषता: हँसिलो अनुहार, सामान्य कद।

सम्पर्क व्यक्ति: राधिका नेपाली (आमा)

सम्पर्क नम्बर: ९७६३४२२७०२

  1. बलराम थामी

उमेर: १४ वर्ष

पोसाक: विद्यालयको पोसाक (सेतो सर्ट, नीलो पाइन्ट)

ठेगाना: सोही गाउँपालिका

विशेषता: मध्यम कद, पहेँलो वर्ण।

सम्पर्क व्यक्ति: सुन्दर थामी र लक्ष्मी थामी (दिदी-भिनाजु)

सम्पर्क नम्बर: ९७६७८३३०९७४

विवरणः

किशोरहरू बिहान ट्युसन पढेर घरमा खाना खाई पुनः विद्यालय जान आएका थिए।

उनीहरूले झोला र किताब विद्यालयमै राखेका थिए। तर त्यसपछि उनीहरूको हालसम्म कुनै खबर पाइएको छैन।

परिवारजन, शिक्षक, र स्थानीयबासीले व्यापक खोजतलास गर्दा पनि अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।

अनुरोधः

यदि कसैले यी किशोरहरूलाई कतै देख्नुभएको छ वा उनीहरूको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, माथि उल्लेखित सम्बन्धित सम्पर्क व्यक्तिहरू, नजिकको प्रहरी कार्यालय, वा विद्यालयमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरिन्छ।

तपाईंको सहयोगले किशोरहरूको सुरक्षित उद्दारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *