सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश

0Shares

सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश

थाङमिचागु डटकम संवाददाता

सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि अब सरकारी दस्तावेज र कामकाजमा यो शब्द प्रयोग गर्न रोक लागेको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले संघीय सरकार र मधेस प्रदेश सरकारका बजेट वक्तव्यमा यो शब्द प्रयोग भएको देखाउँदै रिट दायर गरेका थिए।

सर्वोच्चको संवैधानिक इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै ‘जनयुद्ध’ शब्द नेपालको संविधानको प्रस्तावना र धारा ४२(५) को मर्मविपरीत भएको ठहर गरेको हो। अदालतले ‘जनयुद्ध’ शब्द हटाएर ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ जस्ता शब्द प्रयोग गर्न अन्तरिम आदेश दिएको छ।

यसले नेपालको संवैधानिक मर्म र राजनीतिक भाषा प्रयोगमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। अदालतको यो निर्णयले सरकारी दस्तावेजमा संवेदनशील र विवादास्पद शब्दावलीको प्रयोगलाई पुनः मूल्याङ्कन गर्न दबाब दिने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *