नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
नौबिसे-मुग्लिन सडक एक हप्तासम्म आंशिक रूपमा सवारीसाधन बन्द
नौबिसे-मुग्लिन सडक एक हप्तासम्म आंशिक रूपमा सवारीसाधन बन्द
थाङमिचागु डटकम संवाददाता

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा मोड सुधारका लागि एक हप्तासम्म आंशिक रूपमा सवारीसाधन बन्द हुने जानकारी आएको छ। जिल्ला ट्राफिक कार्यालय, धादिङका अनुसार यो कार्य ७ पुसदेखि १३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने छ।
मुख्य व्यवस्था:
- पोखरेभीर मोड सुधार:
नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधनलाई गल्छी-बैरेनी र हलुका सवारीसाधनलाई जरेखेतमा रोकिनेछ।
मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधनलाई चालिसे र हलुका सवारीसाधनलाई घाटबेसीमा रोकिनेछ।
- विशालटार मोड सुधार:
मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधनलाई मझिमटार र हलुका सवारीसाधनलाई चरौंदी बजारमा रोकिनेछ।
मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधनलाई बेनिघाट बजार र हलुका सवारीसाधनलाई विशालालटारमा रोकिनेछ।
विशेष छुट:
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ।
दिउँसो २ बजेपछि सबै सवारीसाधनलाई गन्तव्यतर्फ जान दिन छुट दिइनेछ।
सडक सुधार कार्य पूरा भएपछि मोडहरु सुरक्षित र सरल हुने अपेक्षा गरिएको छ। यात्रा योजना बनाउन यसलाई ध्यान दिन अनुरोध छ।





