कालिन्चोक १ मा जलवायुमैत्री कृषि प्रविधि सम्बन्धि १ दिने अभिमुखीकरण तालिम सम्पन्न

0Shares

थाङ्मीचागु डटकम सम्बादाता

२०८१ मङ्सिर ३, दोलखा

दोलखा,विकास कोष नर्वेको आर्थिक सहयोग, नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा तथा कालिन्चोक गाउँपालिका सुनखानीको समन्वयमा कालिन्चोक गाउँपालिका-१ क्याम्पोलमा “जलवायुमैत्री कृषि प्रविधि” सम्बन्धि १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

दीपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्न बहादुर थामीको अध्यक्षतामा सम्पन्न तालिममा जलवायु परिवर्तनका प्रभाव र जलवायुमैत्री कृषि प्रविधिका अभ्यासहरुबारे सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।

तालिममा समेटिएका प्रमुख विषयहरूः

  1. जलवायु परिवर्तन भनेको के हो?
  2. यसका असरहरू
  3. जलवायुमैत्री कृषि प्रविधि भनेको के हो?
  4. जलवायु अनुकूल कृषि अभ्यासहरु:

प्लास्टिक टनेल

सुधारिएको पशुगोठ

मिश्रित खेती

जलवायु अनुकूल बालिका जात

प्लास्टिक पोखरी

थोपा सिंचाइ

मुहान संरक्षण

छापोको प्रयोग

सुधारिएको चुलो

सोलार अर्गानिक खेती

जैविक विषादी बनाउने तरिका

तालिमले किसानहरूलाई जलवायु परिवर्तनका असरबाट जोगिन आधुनिक, सस्तो र वातावरणमैत्री कृषि प्रविधिको महत्व र अभ्यासमा प्रोत्साहन गर्ने उद्देश्य लिएको छ।
कार्यक्रममा सहभागी कृषकहरूले तालिमलाई अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताउँदै आगामी दिनमा सिकेका अभ्यासहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमको सहजीकरण गरेका कृषि प्राविधिक अस्मिता बस्नेतले हामीसँग डट कमलाई जानकारी दिँदै तालिमले किसानहरूको जीवनस्तर सुधार गर्न र वातावरण अनुकूल कृषि अभ्यास प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

तालिम आयोजनाले किसानको आर्थिक समृद्धि र जलवायु परिवर्तनको चुनौती सामना गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *