नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
परिस्थिति अनुसार अभियान: पद्मोदय फाउन्डेसनको सकारात्मक कदम ।।।
परिस्थिति अनुसार अभियान: पद्मोदय फाउन्डेसनको सकारात्मक कदम ।।।

संवाददाता, मंसिर २८, सिरहा
सिरहा जिल्लाको धनगढीमाईस्थित पद्मोदय फाउन्डेसनले परिस्थिति अनुसार आफ्नो सामाजिक अभियानमा नयाँ मोड ल्याउँदै समाजसेवाको नयाँ शैली अपनाएको छ । विपन्न, गरीब, दलित, अपाङ्ग लगायत समाजका विभिन्न तप्काका व्यक्तिहरूलाई सामूहिक रूपमा सहयोग गर्दै आएको यस संस्थाले अहिले व्यक्तिगत र तत्काल आवश्यकता भएका व्यक्तिहरूसम्म सीधा सहयोग पुर्याउने काम थालेको छ ।
यसैक्रममा, संस्थाले धनगढीमाई-१० का एक वृद्धलाई स्वास्थ्य अवस्थाका आधारमा ह्वीलचेयर उपलब्ध गराएको छ । स्थानिय पत्रकार विनोद मण्डलमार्फत युवा नेता दिलीप लामाले पञ्चमाया तामाङको स्वास्थ्य स्थिति र आवश्यकताको बारेमा जानकारी पाएपछि तत्काल फाउन्डेसनको टोलीसहित श्यामपुरस्थित तामाङको घरमा ह्वीलचेयर हस्तान्तरण गरेको छ ।
पद्मोदय फाउन्डेसनले परिस्थिति अनुसार आफ्नो कार्यशैली परिवर्तन गर्दै तत्काल सहायता उपलब्ध गराउने काम थाल्नुले स्थानियहरू खुशी भएका छन् । स्थानियहरूको भनाइमा, “फाउन्डेसनको कार्य समाजको हितमा रहेको छ ,तर, यसले अति आवश्यक सहयोगका लागि आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी छ ।”
यस प्रकारको नयाँ प्रयासले स्थानिय समुदायको आवश्यकता र संस्थाको उद्देश्यबीचको अन्तरलाई कम गर्न सहयोग पुगेको छ । फाउन्डेसनले आफ्नो सामाजिक अभियानलाई अझ सशक्त बनाउनका लागि यस्ता सकारात्मक कदमहरू जारी राख्ने बताएको छ ।
पद्मोदय फाउन्डेसनको यो कदमले समाजसेवाको क्षेत्रमा एक नयाँ आयाम थपेको छ, जसले अरू संस्थाहरूलाई पनि प्रभावकारी र तत्काल सहयोग उपलब्ध गराउने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ ।





