आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीहरूलाई मंगलबार बालुवाटारस्थित आफ्नो निवासमा सम्मान गरेका छन्।
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री ओलीले खेलाडी रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य, र सोनाम मुलगुठीलाई बधाई दिँदै खेल क्षेत्रको सम्भावना उजागर गर्न राज्यको तर्फबाट आवश्यक प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यही नोभेम्बर ५ देखि ११ सम्म माल्दिभ्समा सम्पन्न उक्त प्रतियोगितामा यी खेलाडीहरूले विभिन्न तौल समूह र विधामा दोस्रो स्थान हासिल गर्दै नेपाललाई गौरवान्वित पारेका थिए।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले शारीरिक सुगठनजस्ता खेलहरूले पर्यटन प्रवर्द्धनमा समेत योगदान गर्न सक्ने भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो। सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप हौसला प्रदान गरेको छ।





