मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
दोलखा मा ट्राफिक प्रहरी ले दिनु भयो सवारी चालकहरूलाई तिहारको शुभकामना तथा विभिन्न सुरक्षा सन्देश
दोलखा मा ट्राफिक प्रहरी ले दिनु भयो सवारी चालकहरूलाई तिहारको शुभकामना तथा विभिन्न सुरक्षा सन्देश
थाङमिचागु डटकम संवाददाता

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई तिहारको शुभकामना तथा विभिन्न सुरक्षा सन्देश आदानप्रदान गरेको छ। कार्यक्रममा प्रमुख ठाकुर प्रसाद भट्टराईसहितको टोलीले सवारी चालकहरूसँग समसामयिक सवारी दुर्घटनासम्बन्धी विषयहरूमा छलफल गरेका थिए।
कार्यक्रममा चाडपर्वको बेला हुने सवारी दुर्घटनाहरूलाई न्यून गर्ने उद्देश्यले विशेष सुझावहरू प्रदान गरिएको थियो। ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूलाई सुरक्षित र आरामदायी यात्रा गराउनुपर्ने कुरामा विशेष जोड दिँदै बढी भाडा नलिन समेत चालकहरूलाई सचेत गराएको छ।





