यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
सन्तोष ठान्टी थाङ्मी र गौरव थामीद्वारा खोपाचागु हिमालय माविलाई ड्रमसेट हस्तान्तरण, सांगीतिक कार्यक्रमलाई नयाँ उत्साह
थाङ्मीचागु डटकमका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी र .com प्रतिनिधि सम्बादाता गौरव थाङ्मीले हिमालय मावि खोपाचगुलाई ड्रमसेट सहयोग, विद्यालयको सांगीतिक माहौलमा सुधारको आशा
दोलखा, असोज १६, बुधबार २०८१
थाङ्मीचागु डटकम सम्बादाता
दोलखा बिगु गाउँपालिका ८ स्थित खोपाचागु हिमालय माविलाई थाङ्मीचागु डटकमका द्वय अध्यक्ष सन्तोष ठान्टी थाङ्मी र संवाददाता गौरव थामीले करिब ८ हजार रुपैयाँ बराबरको ड्रमसेट हस्तान्तरण गर्नुभएको छ। दशैं विशेष शुभकामना आदान-प्रदान कार्यक्रमको अवसरमा आयोजित एक समारोहका बीच उक्त ड्रमसेट विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो।
विद्यालयले लामो समयदेखि बिहानको लाइनमा प्रयोग हुने ड्रमसेटको अभाव झेल्दै आएको थियो। यस अभावलाई अन्य साधनहरूको प्रयोगद्वारा समाधान गरिए पनि, नयाँ ड्रमसेट प्राप्त भएपछि विद्यार्थीहरूलाई लाइनमा सहजता हुने र सांगीतिक कार्यक्रमहरूमा थप ऊर्जा आउने विश्वास गरिएको छ।
विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधानका अनुसार, विद्यालयले विगतदेखि नै विभिन्न मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमहरू जस्तै देउसी भैलो आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूमा सहभागी भएका अभिभावक र अतिथिहरुले विद्यालयका लागि आर्थिक सहयोगसमेत संकलन गर्ने चलन रहेको छ। यसपटकको सांगीतिक सहयोगले विद्यालयका गतिविधिहरू थप सजीव र मनोरञ्जनात्मक हुने अपेक्षा गरिएको छ।
ड्रमसेट सहयोग प्रदान गर्ने युवा समाजसेवीहरूलाई विद्यालयका तर्फबाट विशेष सम्मान सहित माला लगाएर स्वागत गरिएको थियो।





