यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीद्वारा श्री कालिञ्चोक माविलाई ५०-६० हजार बराबरको फर्निचर सामग्री सहयोग
नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीद्वारा श्री कालिञ्चोक माविलाई ५०-६० हजार बराबरको फर्निचर सामग्री सहयोग
सोमबार १४ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
ललितपुर महानगरपालिका वडा नं १५ मा अस्थायी बसोबास गर्दै आउनुभएका कालिन्चोक गाउँपालिका वडा नं ९ का स्थायी बासिन्दा तथा नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामीले आफ्नो प्रतिबद्धता अनुसार श्री कालिञ्चोक मावि, थाङ्मीचागुलाई महत्वपूर्ण फर्निचर सामग्री सहयोग प्रदान गर्नुभएको छ।

२०८१ जेठ २६ गते निको युगन्तकारी थाङ्मीचागु युवा मञ्चले आयोजना गरेको किराती थाङ्मी समुदायहरूको प्रमुख पर्व उभौली तथा भूम्या पूजा २०८१ को विशेष कार्यक्रमको अवसरमा विशेष अतिथिका रूपमा सहभागी हुँदा रणबहादुर थामीले विद्यालयलाई ५०-६० हजार रुपैयाँ बराबरको फर्निचर सामग्री सहयोग गर्ने वाचा गर्नुभएको थियो। हाल उहाँले उक्त वाचा पूरा गर्दै एक सेट सोफा, ३५ मिटर कार्पेट, २० वटा प्लास्टिकका कुर्सी र ३५ वटा पर्दा सहयोग गर्नुभएको छ। यसले विद्यालयको भौतिक संरचना सुधार्ने र विद्यार्थीहरूको पठनपाठनको वातावरणलाई थप सहज बनाउने विश्वास लिइएको छ।

थामी समुदायको हक हितमा रणबहादुर थामीको महत्वपूर्ण भूमिका
रणबहादुर थामीले नेपाल थामी समाजको केन्द्रीय अध्यक्षको रूपमा निर्वाचित भएपछि थामी समुदायको हक, हित, र अधिकारको संरक्षणका लागि विशेष योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा थामी समाज विश्वभरि छरिएर रहेका थाङ्मी समुदायको हक अधिकार सुनिश्चित गर्न, समुदायको उत्थान र संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। उहाँको यो योगदानले थामी समाजलाई एकताबद्ध गर्ने र पहिचानको लागि लड्न प्रेरित गर्ने आधार खडा गरेको छ।
उहाँको नेतृत्वलाई धेरैले उत्कृष्ट र प्रभावकारी ठहर गर्दै, थामी समुदायको उत्थानका लागि उहाँले खेल्नुभएको भूमिका प्रेरणादायी बनेको छ।





