यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
दोलखा चरिकोटमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु, दुई जना बेपत्ता, एक बालकको उद्धार
दोलखा चरिकोटमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु, दुई जना बेपत्ता, एक बालकको उद्धार
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डकटम सम्बादाता
दोलखा सदरमुकाम चरिकोटमा दुई दिनदेखि जारी अविरल वर्षासँगै आएको पहिरोले ठूलो क्षति पुर्याएको छ। भीमेश्वर नगरपालिका–६ स्थित राजकुमार भुजेलको घर माथिबाट आएको पहिरोले पुरिँदा भुजेलसहित उनकी श्रीमती र दुई छोरा प्रभावित भएका छन्।
दुर्भाग्यवश, भुजेलका १६ वर्षीय जेठो छोरा रोशन भुजेलको मृत्यु भएको पुष्टि भएको छ। उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
तर, करिव दुई वर्षका बालकलाई जीवितै उद्धार गरिएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले तत्तकाल उद्धार कार्यमा जुटेका थिए, जसका कारण उक्त बालकलाई सुरक्षित निकाल्न सफल भएका छन्।
राजकुमार भुजेल र उनकी श्रीमतीको अवस्था भने अज्ञात रहेको छ। उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।
शनिबार दिउँसो घरमाथिबाट पहिरो खस्दा सपरिवार घरमा बसेका बेला यो दुर्घटना घटेको थियो। स्थानीय बासिन्दाहरूको लागि यो घटना गम्भीर धक्का बनिसकेको छ।





