थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
अत्यधिक वर्षाले बिगु गाउँपालिका वडा ८ थाङ्मीचागुमा पहिरोको जोखिम
अत्यधिक वर्षाले बिगु गाउँपालिका वडा ८ थाङ्मीचागुमा पहिरोको जोखिम
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता

अत्यधिक अविरल वर्षाको कारण बिगु गाउँपालिका वडा ८ थाङ्मीचागुमा पहिरोको जोखिम उत्पन्न भएको छ। जोखिममा रहेका टोलहरूमा ओचैटोल, राघुटोल, जेखा नेम टोल, गुरु टोल, अन्तरया टोल, र कोठ्या टोल समावेश छन्। माथिल्लो भागका सबै जमिनहरू भाँसिएका छन्, जसले तलका बस्तिहरूमा खतरा निम्त्याएको छ।

यसबाहेक, बीचका सडकहरूमा पानीको निकासको व्यवस्था नहुनुका कारण वर्षा गरिएको पानी सीधा टोल बस्तीमा पुगेको छ। यसले गर्दा पहिरो जान सक्ने सम्भावना वृद्धि भएको छ। स्थानीय बासिन्दाले अहिले नै सावधानी अपनाउनु आवश्यक छ, र सुरक्षाको दृष्टिले सजग रहनु पर्ने बताएका छन्।

सम्बन्धित निकायले यस विषयमा ध्यान दिन र सुरक्षित बसोबासको व्यवस्था गर्न अनुरोध गरिएको छ। बासिन्दाहरूलाई सुरक्षित रहन र समस्या समाधानका लागि उचित कदम चाल्न अपील गरिएको छ। थाङ्मी चागु डट कमका प्रतिनिधिले यस विषयमा प्रत्यक्ष रिपोर्टिङ गरेका छन्।





