विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
भोटेकोशीमा बाढीले लार्चा बेलीब्रिज बगायो, नेपाल-चीन व्यापार पूर्ण रूपमा अवरुद्ध
भोटेकोशीमा बाढीले लार्चा बेलीब्रिज बगायो, नेपाल-चीन व्यापार पूर्ण रूपमा अवरुद्ध
शनिबार १२ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
सिन्धुपाल्चोक — लगातारको वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले भोटेकोशी गाउँपालिका-२ लार्चामा रहेको बेलीब्रिज बगाएको छ। आज बिहान नदीको उच्च बहावका कारण पुल बगाएपछि नेपाल-चीन जोड्ने सीमावर्ती क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
पुल बगाएपछि नेपाल-चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ भने दशैंका लागि चीनबाट सामग्री बोकेर आएका कन्टेनरहरु बाटोमै रोकिएका छन्। २०७४ साउनमा आएको पहिरोले लार्चामा रहेको पक्की पुल बगाएको थियो, जसको स्थानमा सडक विभागले अस्थायी बेलीब्रिज बनाएको थियो।
पुल बगाएपछि भोटेकोशी गाउँपालिका-१ र २ का बासिन्दाको यातायात सम्पर्क विच्छेद भएको छ। दशैं नजिकिँदै गर्दा चीनबाट नेपाल ल्याउन तयारी गरिएका सामग्रीहरु पनि रोकिएका छन्। साथै, लिपीङ पुलको एक साइड नदीमा झरेपछि स्थिति थप जटिल बनेको छ।





