प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा सहभागिताका लागि अध्यक्ष पदमबहादुर थामीद्वारा हार्दिक अनुरोध

0Shares

विजय दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा आयोजित प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा सहभागिता जनाउन अध्यक्ष पदमबहादुर थामीद्वारा हार्दिक अनुरोध

शुक्रबार ११ असोज २०८१

थाङ्मीचागु डट कम संवाददाता

दोलखा, कालिञ्चोक: विजय दशमी तथा शुभ दिपावली २०८१ को पावन अवसरमा कालिञ्चोक गाउँपालिका वडा नं. १ मा आयोजना गरिएको प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता मा सहभागिता जनाउन अध्यक्ष पदमबहादुर थामीले सबैलाई हार्दिक अनुरोध गर्नुभएको छ।

प्रतियोगिता असोज १३ देखि १५ गतेसम्म वडा नं. १, क्याङपोलमा सम्पन्न हुनेछ। अध्यक्ष थामीले यस खेलकुद कार्यक्रमले शिक्षकहरूबीचको सहकार्यलाई सुदृढ बनाउन, खेलकुदलाई प्रोत्साहन दिन, र सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षज्यूहरू, साथै सरकारी र गैरसरकारी संघ-संस्थाका प्रतिनिधिहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूको मनोबल बढाउन आह्वान गर्नुभएको छ।

साथै, सम्पूर्ण खेलाडीहरू र खेलप्रेमीहरूलाई पनि खेलकुदको भावना र उत्साहका साथ प्रतियोगितामा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन उहाँले आग्रह गर्नुभएको छ।

अध्यक्ष थामीले भन्नुभयो, “खेलकुदले समुदायमा एकता, मित्रता, र सकारात्मक सोचको विकास गर्छ। यस प्रतियोगिताले हाम्रो गाउँपालिकामा खेलकुदको विकासका साथै शिक्षकहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ।”

कार्यक्रमको तयारी भव्य रूपमा भइरहेको र सहभागी हुने सम्पूर्ण व्यक्तिहरूलाई स्वागत गर्न कालिञ्चोक गाउँपालिकाले तयारी पूरा गरिसकेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *