यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
चरिकोटको तिखातालमा बोलेरो र एबी गाडी ठोक्किँदा दुर्घटना, मानव क्षति भने भएन
दोलखा चरिकोटको तिखातालमा बोलेरो र एबी गाडी ठोक्किँदा दुर्घटना, मानव क्षति भने भएन
शुक्रबार ११ असोज २०८१
थाङ्मीचागु डटकम
सम्बादाता दोलखा , चरिकोट: चरिकोटको तिखाताल क्षेत्रमा बोलेरो र एबी गाडी ठोक्किँदा दुर्घटना भएको छ। घटना आज बिहान करिब ९:३० बजे भएको हो। दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको छ, तर कुनै मानव क्षति नभएको पुष्टि भएको छ।

प्रहरीका अनुसार बोलेरो र एबी गाडी तीव्र गतिमा रहेका बेला ती गाडी एकआपसमा ठोक्किएका हुन्। समयमै सवारीचालकहरूले नियन्त्रण प्रयास गरेपछि गम्भीर दुर्घटना हुनबाट भने जोगिएको छ।

दुर्घटनापछि दुवै सवारीसाधनका यात्रुहरू सुरक्षित रहनु राहतको विषय बनेको छ। घटनाको अनुसन्धान भइरहेको र दुवै सवारीका चालकहरूलाई सोधपुछका लागि बोलाइएको छ।

स्थानीयवासीले यस क्षेत्रमा पटकपटक यस्ता दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।





