यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
कालिन्चोक गाउँपालिका १ मा पहिलो पटक भेडेखुर्सानी उत्पादन: कृषकहरूलाई प्राविधिक सहयोगसहित विभिन्न तरकारी बीउविजन वितरण ।।।
कालिन्चोक गाउँपालिका १ मा पहिलो पटक भेडेखुर्सानी उत्पादन: कृषकहरूलाई प्राविधिक सहयोगसहित विभिन्न तरकारी बीउविजन वितरण
थाङ्मीचागु डटकम सम्बादाता
५ शनिबार असोज २०८१
दोलखा कालिन्चोक गाउँपालिका १ बेगुम्पामा पहिलो पटक भेडेखुर्सानीको व्यावसायिक उत्पादन थालनी भएको छ। नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोगमा यस उपलब्धि हासिल भएको हो। परियोजनाअन्तर्गत बेगुम्पा कृषि तथा पशुपालन कृषक समूहको मासिक बैठक आयोजना गरिएको थियो, जसमा स्थानीय किसानहरूलाई विभिन्न तरकारी बीउविजन वितरण गरिएको छ।

बैठकमा परियोजनाबाट कृषकहरूलाई टमाटर, काउली, बन्दा, धनिया, रायो, र सिमीको बीउविजन वितरण गरिनुका साथै भेडेखुर्सानी उत्पादनका लागि प्राविधिक सहयोग प्रदान गरियो। कृषि प्राविधिक अस्मिता बस्नेतले कृषक सदस्यहरूलाई बीउ रोपण, बिरुवा व्यवस्थापन, र आधुनिक कृषि प्रविधिको उपयोग गरेर उच्च उत्पादन गर्ने विधिहरूमा आवश्यक निर्देशन दिनुभयो।

उहाँले किसानहरूलाई खेतीमा नयाँ प्रविधि र सीपहरूको प्रयोगले कस्तो सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे व्यावहारिक जानकारीसमेत दिनुभयो। बैठकमा सहभागी कृषकहरूलाई बिरुवा रोप्नदेखि उत्पादनको विभिन्न चरणसम्मको प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, हाडे बदाम खेतीको अनुगमन समेत गरियो।

यो परियोजना स्थानीय कृषकहरूलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्न, उनीहरूको आयस्रोतमा वृद्धि ल्याउन, र दीर्घकालीन रूपमा कृषिमा आत्मनिर्भरता बढाउन केन्द्रित छ। यस प्रयासले कृषकहरूको उत्पादन सुधार गर्ने मात्र नभई, उनीहरूलाई व्यावसायिक कृषिमा सामेल गराई स्थानीय तथा राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्नका लागि परियोजनाले निरन्तर रुपमा तालिम, प्राविधिक सहयोग, र आवश्यक सामग्रीको व्यवस्थापन गर्दै आएको छ। यसप्रकारका प्रयासले नजिकिँदै गरेको दशैंमा कृषकहरूलाई आत्मनिर्भर बनाउँदै, कृषि उत्पादनलाई आर्थिक समृद्धिको स्रोत बनाउने लक्ष्य राखेको छ।

यो जानकारी कृषि प्राविधिक अस्मिता बस्नेतले थाङ्मीचागु.comलाई दिनुभएको हो।






