मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
दोलखा, बिगु ८ खोपाचागुमा खोलाले बगाउँदा ७५ वर्षीया सोमती थामीको मृत्यु
दोलखा, बिगु ८ खोपाचागुमा खोलाले बगाउँदा ७५ वर्षीया सोमती थामीको मृत्यु
बिहीवार ३ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८, खोपाचागु, आहालेकी ७५ वर्षीया सोमती थामीको २०८१ असोज १ गते सोरुङखोला नजिक खोलाले बगाएर मृत्यु भएको छ। मृतककाे परिवारले दिएको जानकारी अनुसार, सोमती थामी आफ्नो छोरी इन्द्रमाया थामीसँग बिहानै सिंगटी जानका लागि निस्किएकी थिइन्।
बिहान यात्रा गर्दैगर्दा, सोरुङखोला भन्ने स्थानमा पुगेर दिशा पिसाब गर्न भनी खोलानजिक गएकाे बेला उनी लामो समयसम्म नफर्किएपछि छोरीले खोजतलास सुरु गरिन्। धेरै प्रयासपछि पनि सोमती नदेखिएपछि छोरीले खोलाले बगाएको आशंका गरिन्। यसपछि स्थानीयहरू र सुरक्षाकर्मीको सहयोगमा व्यापक खोजी कार्य अघि बढाइयो।
मिति २०८१ असोज २ गते, खोजीकार्यकाे क्रममा झोरुङखोलाको किनारमा सोमती थामीको शव फेला परेको थियो। घटनाको जानकारी इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज महेन्द्र दर्नालले दिनुभएको हो। शव फेला परेको स्थानमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी मुचुल्का तयार गरेपछि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ।
प्रहरीका अनुसार, यस घटनाको थप विवरण आउन अझै बाँकी छ। मृतककाे परिवार र गाउँमा शोकको वातावरण छाएको छ।





