सिरहामा वृक्षारोपण कार्यक्रम सम्पन्न: “रुख रोपौं, बन जोगाऊ” मूल नारासहित ।।।

0Shares

सिरहामा वृक्षारोपण कार्यक्रम सम्पन्न: “रुख रोपौं, बन जोगाऊ” मूल नारासहित ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, असोज ३ , सिरहा,l संविधान दिवसको अवसरमा सिरहाको नरहा गाउँपालिका वडा नं ०३ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

“रुख रोपौं, बन जोगाऊ” मूल नाराका साथ आयोजित यस कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र कुमार मिश्रा, सब डिभिजन वन कार्यालय गोलबजार चोहर्वाका फरेस्टर दीप नारायण साह, स्थानीय सामुदायिक वनका अध्यक्षहरू, नेपाली सेनाका जवान र जिल्लाका सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए ।

कार्यक्रममा भाग लिएका प्रमुख अतिथि र सहभागीहरूले वृक्षारोपणको महत्व र वातावरण संरक्षणमा यसको योगदानका बारेमा प्रकाश पारे । प्रमुख डी. एफ. ओ. शैलेन्द्र कुमार मिश्राले भने, “वृक्षारोपणले हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्नेछ र वातावरणलाई स्वच्छ र हरियाली बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

कार्यक्रममा सामुदायिक वनका अध्यक्षहरू हरी यादव र ज्ञान कुमार सिंहले पनि विचार व्यक्त गर्दै स्थानीय स्तरमा वृक्षारोपणको आवश्यकता र यसका फाइदाबारे चर्चा गरे । स्थानीय नेपाली सेनाका जवानहरूले पनि सक्रिय सहभागिता जनाउँदै वृक्षारोपणमा योगदान दिए ।

सिरहाका विभिन्न सुरक्षा निकायका प्रमुख सी. डी. ओ. र एसपीहरूले प्राकृतिक स्रोतहरूको संरक्षण र प्रबन्धनमा सहकार्य गर्न प्रतिबद्धता जनाए । यो कार्यक्रमले वातावरणीय चेतना फैलाउन र सामुदायिक सहभागितालाई प्रोत्साहित गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ ।

सामाजिक सञ्जालमा पनि यस कार्यक्रमको सराहना गरिएको छ, र स्थानीय जनताले यस्तो प्रकारका गतिविधिहरूलाई निरन्तरता दिनु पर्ने आवश्यकताको चर्चा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *