इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग ।।।
पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भोटेकोसी बाढीको रिपोर्टिङका क्रममा चीनको केरुङबाट सम्पर्कविहीन भएका पत्रकार टेकराज थामी र अर्का पत्रकार निराजन पौडेलको तत्काल खोजी गरी सकुशल उद्धार गर्न माग गरेको छ।
फोनिजका पूर्व कोषाध्यक्षसमेत रहेका पत्रकार थामी बुधबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जनाइएको छ। उहाँको सकुशल उद्धारका लागि तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन परिवारले आग्रह गरेको छ।
फोनिजले विज्ञप्तिमार्फत पत्रकारद्वयको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसहित सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
त्यस्तै, भोटेकोसी बाढीमा परी बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन तथा घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न पनि फोनिजले सम्बन्धित निकायसँग माग गरेको छ।
मिति : ११ भदौ २०८३, बिहीबार





