सबै बालबालिकाको लागि अनिवार्य र नि:शुल्क शिक्षा” विषयक अन्तरक्रियामा मेयर शिवशंकर महतो ।।।

0Shares

” सबै बालबालिकाको लागि अनिवार्य र नि:शुल्क शिक्षा” विषयक अन्तरक्रियामा मेयर शिवशंकर महतो ।।।

थाङमिचागु डटकम संवाददाता

बद्री नारायण महतो असोज ३ । ग्रामीण जागरण समाज ध.न.पा. ५ को आयोजनामा जनता.मा.वि.तीनकोनिमा राष्ट्रिय शिक्षा दिवस २०८१ “धनगढीमाई न.पा.को शैक्षिक अवस्था;सबै बालबालिकाको लागि अनिवार्य र नि:शुल्क शिक्षा”विषयक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ ।

पछिल्लो समय आम जनताको हितमा रहेर चर्चित बन्दै आएका धनगढीमाईका मेयर शिवशंकर महतो शैक्षिक अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनु भएको छ ।

धनगढीमाई नगरपालिकाको वडा नं. को तिनकोनी माविमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख शिव शंकर महतो, पूर्व नगर प्रमुख हरिनारायण चौधरी संयुक्त रूपमा सहभागी हुनुका साथै स्थानिय जनप्रतिनिधिहरु , समाजसेवी,बुद्धिजीवी लगायतको सहभागितामा भएर राष्ट्रिय शिक्षा दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले धनगढीमाई नगरपालिकामा शिक्षा क्षेत्रको वर्तमान अवस्थाबारे गहन छलफल गरेका थिए । सहभागीहरू बीच बालबालिकाको शिक्षा सुनिश्चित गर्न अनिवार्य र नि:शुल्क शिक्षा आवश्यकताको बारेमा महत्वपूर्ण विचार आदान प्रदान गरिएको थियो ।

साथै, शिक्षा प्रणालीमा सुधारका लागि आवश्यक उपाय र रणनीतिहरूको पनि चर्चा भएको थियो । नगर प्रमुख महतोले शिक्षाको गुणस्तर र पहुँचलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी सबैका लागि शिक्षा सुनिश्चित गर्न प्रतिबद्ध छौं । यसका लागि सामुदायिक सहयोग आवश्यक छ ।”

कार्यक्रमले शैक्षिक अवस्था सुधार्नका लागि सामुदायिक सक्रियता र जन जागरूकताको महत्त्वलाई पनि उजागर गरेको छ । उपस्थित सबैले शिक्षा क्षेत्रका विभिन्न चुनौतीहरूको समाधानका लागि सहकार्य गर्न प्रतिबद्धता जनाए ।

आयोजित अन्तर्क्रिया कार्यक्रममा जनता उच्च मावि तिनकोनयसरी, धनगढीमाई नगरपालिकाले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनका लागि यस कार्यक्रममा संलग्न सबैलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *