यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
सुशासन,विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेल
सुशासन,विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेल
थाङ्मीचागु डटकम सम्बादाता
साउन १६, २०८१ बुधबार १७:१:५१
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व,विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन्।
डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्जन गरेको अनुभव,ज्ञान,सीप,क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गर्नुपर्ने बताए ।
उनले सुशासन,विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका डा.रेग्मीको व्यक्तित्व बहुआयामिक भएको चर्चा गरे। राष्ट्रपति पौडेलले अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिएको योगदानको स्मरण गरे।
कार्यक्रममा यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरिएको छ ।





