इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
संसद बिजनेसविहीन बनेपछि समितिमा रहेका विधेयकबारे सभामुखको चासो
संसद बिजनेसविहीन बनेपछि समितिमा रहेका विधेयकबारे सभामुखको चासो
थाङ्मीचागु डटकम सम्बादाता
साउन १६, २०८१ बुधबार
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारेमा चासो देखाएका छन्।
संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्दै समितिमा विचाराधीन रहेका विधेयकहरूको अवस्थाका बारेमा चासो देखाएका हुन्।
उनले निरन्तर छलफल गरेर विचाराधीन रहेका विधेयकहरूलाई टुङ्गोमा पुर्याउन आग्रह गरे। छलफल पछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले जिज्ञासा राखेका थिए। त्यस्तै समितिमा रहेका समस्याहरूका बारेमा पनि सभामुखले जानकारी लिएका थिए।





