थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन कार्यदल गठन गरेको छ ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन कार्यदल गठन गरेको छ ।
थाङ्मीचागु डटकम सम्बादाता
साउन १६, २०८१ बुधबार
काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन कार्यदल गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक साउन १८ गते बस्ने र सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने उनले बताए।
महाधिवेशन भएको लामो समय हुँदा पनि नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।




