विराटनगरका १९ वटै वडामा जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढ्यो ।।।

0Shares

विराटनगरका १९ वटै वडामा जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढ्यो

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरका १९ वटै वडामा जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालयलाई पत्राचार गरेको जनाएको छ।

नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्बाट स्वीकृत आधार तथा मापदण्डका आधारमा प्रतिवेदन तयार पारिएको हो।

कित्ताकाट प्रक्रिया अघि बढेसँगै लामो समयदेखि प्रभावित घरजग्गा कारोबार सहज हुने अपेक्षा गरिएको छ।

मिति : २०८३ कात्तिक २८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *