सातामा दुई दिन सार्वजनिक बिदा निरन्तरता दिने सरकारको निर्णय
2026-08-14देउवा पक्षको भेलामा प्रतिनिधिसभाका सांसद अनुपस्थित
2026-08-14
बिहान ४ बजेदेखि एलपी ग्यासका लागि लाइन खाँदबारीमा उपभोक्तालाई सास्ती
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ। ग्यासको अभाव भएपछि शुक्रबार बिहान ४ बजेदेखि नै उपभोक्ता सिलिण्डरसहित ग्यास डिलरमा लामबद्ध भएका हुन्।
बजारमा पर्याप्त मात्रामा एलपी ग्यास उपलब्ध नहुँदा उपभोक्ताहरू रातिदेखि नै डिलरमा पुगेर लाइन लाग्न बाध्य भएका छन्। लामो समयसम्म लाइनमा बस्नुपर्दा बालबालिका, ज्येष्ठ नागरिक तथा महिलासहित सर्वसाधारणलाई थप समस्या भएको छ।
खाँदबारीमा केही समययता ग्यासको आपूर्ति नियमित हुन नसक्दा उपभोक्ताले पटक–पटक अभावको सामना गर्नुपरेको बताइएको छ। खाना पकाउने अत्यावश्यक वस्तु ग्यास सहज रूपमा उपलब्ध नहुँदा दैनिक जनजीवन प्रभावित भएको छ।
उपभोक्ताले ग्यासको आपूर्ति तत्काल सहज बनाउन तथा अभावको दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्।




