बिगुमै करदाता सेवा विस्तार, अब गाउँपालिकाबाटै कर सेवादोलखा ।
2026-08-13स्कुले विद्यार्थीको पुस्तकको बोझ घटाउने सरकारको तयारी
2026-08-13नेपाल फर्किए लगत्तै देउवा सरकारलाई चेतावनी दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँधिए मुलुककै लागि हितकर हुँदैन
2026-08-13
बिगुमै करदाता सेवा विस्तार, अब गाउँपालिकाबाटै कर सेवादोलखा ।
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखाको बिगु गाउँपालिकामा करदाता सेवा सञ्चालनका लागि गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच सम्झौता भएको छ।
सम्झौतापछि बिगु गाउँपालिकाका करदाताले अब गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (PAN) दर्ता, नवीकरण तथा करसम्बन्धी आधारभूत सेवाहरू लिन सक्ने भएका छन्।
यसअघि दोलखाको गौरीशंकर गाउँपालिकामा पनि स्थानीयस्तरमै करदाता सेवा सञ्चालनका लागि यस्तै सम्झौता भएको थियो।
गाउँपालिकामै करसम्बन्धी सेवा उपलब्ध भएपछि करदाताले सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ। यसबाट नागरिकको समय र खर्च बचत हुनुका साथै करसम्बन्धी सेवा लिन हुने आवतजावतको झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ।
स्थानीय तहमै कर सेवा विस्तारले कर प्रशासनलाई नागरिकमैत्री बनाउनुका साथै करदाता दर्ता र कर अनुपालनमा समेत सहजता पुग्ने विश्वास गरिएको छ।




