सातामा दुई दिन सार्वजनिक बिदा निरन्तरता दिने सरकारको निर्णय
2026-08-14देउवा पक्षको भेलामा प्रतिनिधिसभाका सांसद अनुपस्थित
2026-08-14
नयाँ नेतृत्वसँगै तुलसी राम सत्य भामा माविमा देखिन थाल्यो परिवर्तन अध्यक्ष महतोको सक्रियताले ढलान कार्य तीव्र
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहाको धनगढीमाई नगरपालिका–१२ स्थित श्री तुलसी राम सत्य भामा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएसँगै भौतिक पूर्वाधार तथा विद्यालयको समग्र वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी देवकुमार महतोले सम्हालेपछि विद्यालयको विकास, व्यवस्थापन तथा विद्यार्थीको सहजतालाई प्राथमिकतामा राख्दै विभिन्न काम अघि बढाइएको हो। अध्यक्ष महतोको सक्रियतामा विद्यालय परिसरमा विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहजता पुर्याउने उद्देश्यले बाटो ढलानको काम तीव्र गतिमा भइरहेको छ।
वर्षायाममा विद्यालय परिसरमा हिलो जम्ने र विद्यार्थीलाई आवतजावतमा समस्या हुने गरेको अवस्थालाई मध्यनजर गर्दै ढलान कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ। विद्यालय आउने विद्यार्थीले हिलाम्मे बाटोका कारण दैनिक असहजता भोग्दै आएका थिए।
अध्यक्ष महतोले जिम्मेवारी सम्हालेको करिब तीन महिना पनि पूरा नभएको अवस्थामा विद्यालयको भौतिक सुधारतर्फ देखाएको सक्रियताले स्थानीय अभिभावक तथा विद्यार्थीमा समेत आशा जगाएको छ। विद्यालयमा अधुरा रहेका भवन निर्माणलगायतका कामलाई निरन्तरता दिन उनी आफैँ स्थलगत रूपमा खटिँदै आएका छन्।
विद्यालयको नेतृत्व केवल पदमा सीमित नभई समस्या पहिचान गरी समाधानका लागि सक्रिय रूपमा काम गर्नुपर्ने जिम्मेवारी भएको स्थानीय अभिभावकहरूको भनाइ छ। नयाँ नेतृत्वले विद्यालयको भौतिक संरचना सुधारसँगै विद्यार्थीमैत्री वातावरण निर्माणमा समेत ध्यान दिनुपर्ने उनीहरूको अपेक्षा छ।
विशेषगरी वर्षायाममा विद्यालय परिसर हिलाम्मे हुँदा विद्यार्थी, शिक्षक तथा अभिभावकले समस्या भोग्दै आएका थिए। अहिले ढलान कार्य अघि बढेपछि विद्यालय परिसर व्यवस्थित, सुरक्षित र आवतजावतका लागि सहज हुने अपेक्षा गरिएको छ।
विद्यालयमा भौतिक संरचना निर्माणसँगै सफा, व्यवस्थित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सके पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वले विकासका कामलाई निरन्तरता दिँदै गएमा विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा थप सुधार आउने स्थानीय अभिभावकहरूको अपेक्षा छ।
अध्यक्ष महतोको सक्रियतामा अघि बढेको ढलान कार्यले विद्यालय विकासका लागि ठूलो बजेट मात्र नभई जिम्मेवारीबोध, इच्छाशक्ति र कामप्रतिको समर्पण पनि आवश्यक हुन्छ भन्ने सन्देश दिएको स्थानीयको भनाइ छ।
विद्यार्थीका पाइला हिलाम्मे बाटोमा अल्झिन नदिन अघि बढाइएको ढलान कार्य केवल बाटो निर्माणको काम मात्र नभई विद्यालयलाई व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री बनाउने अभियानको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।





