बिगुमै करदाता सेवा विस्तार, अब गाउँपालिकाबाटै कर सेवादोलखा ।
2026-08-13स्कुले विद्यार्थीको पुस्तकको बोझ घटाउने सरकारको तयारी
2026-08-13नेपाल फर्किए लगत्तै देउवा सरकारलाई चेतावनी दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँधिए मुलुककै लागि हितकर हुँदैन
2026-08-13
धनगढीमाईमा लायन्स क्लबद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहाको धनगढीमाई नगरपालिकामा लायन्स क्लब अफ धनगढीमाईको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ एफको DG Team को सहभागितामा धनगढीमाई नगरपालिका–११, नैनपुरस्थित श्रमजीवी केयर हस्पिटल तथा श्री आधारभूत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोको समेत सहभागिता रहेको थियो। कार्यक्रममा बिरुवा रोप्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति समुदायलाई सचेत गराउने सन्देश दिइएको थियो।
वृक्षरोपण कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरू, DG Team का प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वातावरण संरक्षणसँगै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले स्थानीयस्तरमा वातावरणीय संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमका सहभागीहरूले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन्। बिरुवा रोपेर मात्र वातावरण संरक्षण नहुने भन्दै हुर्कने वातावरण बनाउन समुदायको निरन्तर सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ।
लायन्स क्लब अफ धनगढीमाईले आगामी दिनमा पनि वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।




