कोशी ब्यारेजको इतिहास सम्झौतादेखि पूर्वी नेपालको जीवनसँग जोडिएको संरचनासम्म
2026-08-09शैक्षिक गुणस्तर र उत्कृष्ट व्यवस्थापनको पहिचान बन्दै इन्द्रेणी पाठशाला ।।।
2026-08-09
३२औँ विश्व आदिवासी दिवसमा नेपाल थामी समाजको भव्य सहभागिता
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नेपाल थामी समाज केन्द्र, काठमाडौंको आयोजनामा ३२औँ विश्व आदिवासी जनजाति दिवस–२०८३ काठमाडौंको खुलामञ्चमा भव्य रूपमा सम्पन्न भएको छ।
पहिचान, अधिकार, भाषा, संस्कृति, परम्परा र समानताको साझा आवाजसहित आयोजना गरिएको कार्यक्रममा थामी समुदायसहित विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, अगुवा, युवा तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आदिवासी जनजातिको मौलिक पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धनसँगै राज्यका हरेक तहमा समान अधिकार, सम्मानजनक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।
विभिन्न सांस्कृतिक प्रस्तुति, मौलिक भेषभूषा तथा झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। सहभागीहरूले आफ्नो मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल थामी समाज केन्द्र, काठमाडौंले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा अधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ।



