नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
३२औँ विश्व आदिवासी जनजाति दिवस भव्य रूपमा सम्पन्न
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौंको खुलामञ्चमा पहिचान अधिकार भाषा संस्कृति र समानताको साझा आवाज बुलन्द गर्दै ३२औँ विश्व आदिवासी जनजाति दिवस २०८३ भव्य रूपमा सम्पन्न भएको छ।
विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, अगुवा, युवा, महिला तथा अधिकारकर्मीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा आफ्नो पहिचान, मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै राज्यका सबै तहमा समान अधिकार र सम्मानको माग गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए। मौलिक भाषा तथा संस्कृतिको संरक्षण, राजनीतिक प्रतिनिधित्व, समानुपातिक सहभागिता र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्ने आवाजसमेत उठाइएको थियो।
दिवसका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, कला तथा सांस्कृतिक प्रस्तुतिले काठमाडौंको खुलामञ्चलाई विविधतामय बनाएको थियो।
पहिचान अधिकार र समानता’ का लागि साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न दिवसले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप बलियो बनाउने सन्देश दिएको छ।





