शैक्षिक गुणस्तर र उत्कृष्ट व्यवस्थापनको पहिचान बन्दै इन्द्रेणी पाठशाला ।।।

0Shares

शैक्षिक गुणस्तर र उत्कृष्ट व्यवस्थापनको पहिचान बन्दै इन्द्रेणी पाठशाला ।।।

विनोद अविरल, साउन २४
सिराहा — सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, धनगढी बजारस्थित इलाका प्रहरी कार्यालयको क्षेत्रमा रहेको इन्द्रेणी पाठशाला इंग्लिश बोर्डिङ स्कुल पछिल्लो समय नगर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।

विद्यालयको अनुकूल शैक्षिक वातावरण, प्रभावकारी प्रशासनिक व्यवस्थापन, व्यवस्थित भौतिक पूर्वाधार तथा दक्ष र अनुभवी शिक्षक–शिक्षिकाको शिक्षण सिकाइ पद्धतिले अभिभावकको ध्यान आकर्षित गर्न सफल भएको छ ।

सिराहा जिल्लामा शिक्षण क्षेत्रमा अनुभव हासिल गरेका दक्ष जनशक्तिको सहभागिताले विद्यार्थीलाई आधुनिक तथा प्रतिस्पर्धात्मक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरिरहेको छ ।

विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ । नियमित परीक्षा, निरन्तर मूल्याङ्कन तथा परीक्षाको नतिजामाथि विशेष ध्यान दिँदै विद्यार्थीको शैक्षिक प्रगतिबारे अभिभावकलाई प्रत्यक्ष जानकारी गराउने व्यवस्था विद्यालयको अर्को सकारात्मक पक्षका रूपमा देखिएको छ ।

विशेषगरी परीक्षाको नतिजा सार्वजनिक गर्दा अभिभावकलाई विद्यालयमै आमन्त्रण गरी आफ्ना छोराछोरीको शैक्षिक अवस्था, प्रगति र सुधार गर्नुपर्ने पक्षबारे जानकारी गराउने अभ्यासले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।

विद्यालय व्यवस्थापनले विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर गुणस्तरीय शिक्षा, अनुशासन, अतिरिक्त क्रियाकलाप र अभिभावकसँगको नियमित समन्वयलाई प्राथमिकतामा राख्दै आएको छ ।

शिक्षण सिकाइसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, व्यवहारिक ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकासमा समेत ध्यान दिन थालेपछि इन्द्रेणी पाठशाला धनगढीमाई क्षेत्रका अभिभावकका लागि आकर्षणको केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय अभिभावकहरूको भनाइ छ ।

गुणस्तरीय शिक्षा र व्यवस्थित व्यवस्थापनलाई निरन्तरता दिँदै अघि बढ्न सके विद्यालयले आगामी दिनमा धनगढीमाई नगरपालिकाको शैक्षिक क्षेत्रमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *