नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
नवलपरासीमा ५ लाख ३८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद ।।।
नवलपरासीमा ५ लाख ३८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद ।।।
विनोद अविरल, परासी, साउन २३ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा करिब ५ लाख ३८ हजार रुपैयाँ बराबरका अवैध तथा भन्सार छलीका सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा चिज, मटर, बिस्कुट, नरिवल, मेवा, नदीजन्य सामग्री, लसुन, घाँसको बीउ, चिनी, सुर्ती, साडी, सुटको कपडा लगायतका विभिन्न सामान बरामद गरिएको हो ।
त्यसैगरी, भारतीय नम्बर प्लेटको मोटरसाइकल तथा ट्रलीसहितको ट्र्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ ।






