नवलपरासीमा ५ लाख ३८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा करिब ५ लाख ३८ हजार रुपैयाँ बराबरका अवैध तथा भन्सार छलीका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा चिज, मटर, बिस्कुट, नरिवल, मेवा, नदीजन्य सामग्री, लसुन, घाँसको बीउ, चिनी, सुर्ती, साडी, सुटको कपडालगायतका विभिन्न सामान बरामद गरिएको हो।

त्यसैगरी, प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल तथा ट्रलीसहितको ट्र्याक्टर समेत नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी बर्दघाट–सुस्ता पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्न चेकजाँचलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *