विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
कालिञ्चोक १ क्याङ्पोलमा पहिरोको दुःखद घटना: ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते।।।
कालिञ्चोक १ क्याङ्पोलमा पहिरोको दुःखद घटना: ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखा, असार २८ — दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा शुक्रबार राति करिब ९:०० बजे पहिरोमा परी एक ४ महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
स्थानीय दिपेन्द्र थामीकी १९ वर्षीया श्रीमती सर्मीला थामी र ४ महिनाकी छोरी एलिना थामी सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल हेलेक्पाथाली क्षेत्रमा गएको पहिरोमा परेका थिए।
पहिरोले बगाएपछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि दोलखा अस्पताल पुर्याएका थिए। उपचारका क्रममा ४ महिनाकी एलिना थामीको मृत्यु भएको पुष्टि भएको छ। गम्भीर घाइते सर्मीला थामीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेका छन्। निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
सम्बादाता : नीर बहादुर थाङ्मी
थाङ्मीचागु डटकम





