मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोरद्वारा गुम्बा शौचालय निर्माणका लागि रु १ लाख ८ हजार ५ सय सहयोग
नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोरद्वारा गुम्बा शौचालय निर्माणका लागि रु १ लाख ८ हजार ५ सय सहयोग
१८ फाल्गुन २०८२, सोमबार
थाङ्मीचागु डटकम
नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोरले देलेग डोदेन थायेलिङ ञिङमा गुम्बा मा शौचालय निर्माणका लागि रु १,०८,५०० (एक लाख आठ हजार पाँच सय) सहयोग प्रदान गरेको छ।
क्षेत्रीय समिति जोहोरका अध्यक्ष मङ्गल तामाङ ले थाङ्मीचागु डटकमसँग कुरा गर्दै गुम्बामा आउने भक्तजन तथा समुदायका सदस्यहरूको सुविधा र सरसफाइ व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार धार्मिक स्थलहरूमा आधारभूत संरचना सुदृढ गर्न सहयोग गर्नु समुदायको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समितिले विदेशमा रहँदै पनि मातृभूमिका धार्मिक तथा सांस्कृतिक संरचनाको संरक्षण र विकासमा हातेमालो गरिरहेको बताइएको छ।





