रास्वपाको प्रचार जिपबाट मदिरा चामल बरामद, दुई पक्राउ।।।

0Shares

रास्वपाको प्रचार जिपबाट मदिरा–चामल बरामद, दुई पक्राउ


फाल्गुन १८, २०८२ | थाङ्मीचागु डटकम
सल्यान — रास्वपाको झन्डा झुण्ड्याएर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा, चामल र खानेतेल बरामद गरेको छ। प्रहरीले चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।


सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी पक्राउ परेका हुन्।


जिपमा २५ केजीका दुई बोरा चामल, सात कार्टुन गोली डायमण्ड मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल रहेको प्रहरीले जनाएको छ।
रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने, “गाडीमा सामान राख्नु व्यापारीको गल्ती हो, प्रचार गर्नेहरूको होइन।”


थाङ्मीचागु डटकमले प्रश्न गर्छ: चुनावी प्रचारको नाममा मदिरा र चामल ढुवानी गर्नु कत्तिको ठीक हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *