नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
रामेछाप दुर्घटनामा मतदान अधिकृत घिमिरेको निधन, असई यादवको घटनास्थलमै मृत्यु ।।।
१८ फाल्गुन २०८२, सोमबार
रामेछाप दुर्घटनामा मतदान अधिकृत घिमिरेको निधन, असई यादवको घटनास्थलमै मृत्यु
रामेछाप। प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रामेछापमा भएको सवारी दुर्घटनाले जिल्लालाई शोकमा डुबाएको छ। सिरुवारी क्षेत्रमा सोमबार भएको दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेलाई मन्थली अस्पताल पुर्याएर उपचार गरिए पनि ज्यान जोगाउन नसकिएको हो। उनी रामेछाप–२ अन्तर्गत वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका थिए।
निमावि द्वितीय तहका शिक्षक रहेका घिमिरे रुद्राक्षश्वर माध्यमिक विद्यालय, रामेछाप नगरपालिका–३ मा कार्यरत थिए। निर्वाचनको जिम्मेवारी सम्हाल्न हिँडेका एक शिक्षकको दुःखद् निधनले स्थानीय शिक्षा क्षेत्र र कर्मचारी वृत्तमा शोकको वातावरण छाएको छ।
उक्त दुर्घटनामा परि असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेर रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी क्षेत्रमा दुर्घटनामा परेको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। निर्वाचनको मुखमा भएको यस घटनाले सुरक्षा र व्यवस्थापन पक्षमा थप प्रश्न उठाएको छ।





