मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी : नेपाल आदिवासी जनजाति महासङ्घको कडा आपत्ति, सोविता गौतमलाई २४ घण्टे अल्टिमेटम ।।।
आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी : नेपाल आदिवासी जनजाति महासङ्घको कडा आपत्ति, सोविता गौतमलाई २४ घण्टे अल्टिमेटम
चितवन, १८ फागुन २०८२ (सोमबार) — चितवन क्षेत्र नम्बर ३ मा चुनावी माहोल तातिरहेका बेला आदिवासी जनजाति समुदायलाई लक्षित गरी दिइएको अभिव्यक्तिले नयाँ विवाद जन्माएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा उम्मेदवार सोविता गौतमले चुनावी सभामा दिएको भनिएको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद् सचिवालय चितवनले कडा आपत्ति जनाएको छ।
महासङ्घका जिल्ला अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा गुरुङ र थारु समुदायसहित आदिवासी जनजातिलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने’ वर्गको रूपमा चित्रण गरिएको आरोप लगाइएको छ। यस्तो अभिव्यक्ति समुदायको स्वाभिमान, पहिचान र राजनीतिक चेतनामाथि गम्भीर प्रहार भएको महासङ्घको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “आदिवासी जनजाति समुदाय कुनै प्रलोभनमा पर्ने समूह होइन। हामी आफ्नै इतिहास, संस्कृति र गौरव बोकेको सचेत नागरिक समाज हौं।” मतदातालाई ‘पैसा दिए लिनु’ भन्दै आर्थिक लेनदेनमा उक्साउनु निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन भएको पनि महासङ्घले उल्लेख गरेको छ।
महासङ्घले २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण दिन गौतमसँग माग गरेको छ। अन्यथा चितवन क्षेत्र नम्बर ३ मा चुनावी बहिष्कारसहित सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनीसमेत दिएको छ।
चुनाव नजिकिँदै जाँदा समुदायको आत्मसम्मानमाथि प्रहार गर्ने अभिव्यक्ति राजनीतिक रूपमा कति महँगो पर्छ, त्यो अब सम्बन्धित उम्मेदवार र दलले नै भोग्नुपर्ने संकेत देखिएको छ।




