मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक, १६ टिम उपाधिका लागि प्रतिस्पर्धामा
प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक, १६ टिम उपाधिका लागि प्रतिस्पर्धामा
जोहोरबारु, मलेसिया | ५ पौष २०८२ (२१ डिसेम्बर २०२५)
मकालु फुटबल क्लब जोहोर–मलेसियाको आयोजनामा हुन लागेको प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक गरिएको छ।
आइतबार (२१ डिसेम्बर २०२५) प्रत्यक्ष प्रसारणमार्फत आयोजित टाइ–सिट कार्यक्रममा सहभागी टिमका प्रतिनिधिहरूले लक्की ड्र प्रणालीमार्फत आफ्ना–आफ्ना टिमको चिट्ठा तानेका हुन्। आगामी २५ डिसेम्बर २०२५ (९ पौष २०८२) मा आयोजना हुने प्रतियोगितामा कुल १६ टिम सहभागी हुनेछन्, जसलाई पोल A र पोल B गरी दुई समूहमा विभाजन गरिएको छ।
पोल A अन्तर्गत Makalu FC ‘A’, RB FC, Johor Jaya FC, Gorkhali FC, S.B.Y.C, Taman U FC, Shimano FC र Bahadure FC रहेका छन्।
त्यसैगरी पोल B मा Makalu FC ‘B’, Purbeli FC, Himalayan FC, New Skudai FC, Plentong FC, Sagarmatha FC, Senai FC र TDK FC सहभागी छन्।
आयोजकका अनुसार प्रतियोगिताले प्रवासमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, सद्भाव र भाइचाराको भावना सुदृढ गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ।
Kempas Awana Sports Hub, जोहोरबारुमा सम्पन्न हुने यस प्रतियोगितालाई सफल बनाउन आयोजकले जोहोर तथा आसपासका क्षेत्रका नेपाली खेलप्रेमीहरूलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।





