हर्क साम्पाङको अभिव्यक्तिले ६० लाख दलितको शीर झुक्ने अवस्था आयोः डा. मित्र परियार

0Shares

हर्क साम्पाङको अभिव्यक्तिले ६० लाख दलितको शीर झुक्ने अवस्था आयोः डा. मित्र परियार
काठमाडौं । श्रम संस्कृति र स्वतन्त्र राजनीतिक पहिचानका कारण चर्चामा रहेका डा. मित्र परियारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिले देशभरका करिब ६० लाख दलित समुदायको आत्मसम्मानमा ठेस पुगेको टिप्पणी गरेका छन्।
डा. परियारले दलित समुदायप्रति गरिएको अपमानजनक व्यवहार र अभिव्यक्तिले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै त्यसैका कारण श्रम संस्कृतिको आवरण त्यागेर नेपाली कम्युनिस्ट पार्टी मा प्रवेश गरेको स्पष्ट पारेका हुन्।
उनका अनुसार सामाजिक न्याय, समानता र सम्मानका सवालमा मौन बस्न नसकिने अवस्था सिर्जना भएको छ। “कुनै एक व्यक्तिको अभिव्यक्तिले सम्पूर्ण दलित समुदायको शीर झुक्ने परिस्थिति आयो भने त्यसको प्रतिवाद राजनीतिक तहबाटै हुनुपर्छ,” डा. परियारको भनाइ छ।
डा. परियारले नेकपामा आफ्नो प्रवेश व्यक्तिगत स्वार्थका लागि नभई दलित समुदायको आवाज सशक्त रूपमा स्थापित गर्नका लागि भएको दाबी गर्दै आगामी दिनमा समावेशी राजनीति, सामाजिक न्याय र श्रमको सम्मानका पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको यो निर्णयलाई दलित अधिकार र समावेशी राजनीतिका सवालमा नयाँ बहसको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *