मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
सोनाम र घ्याल्बो ल्होछार यस वर्ष मलेसियामा संयुक्त रूपमा मनाइने
सोनाम र घ्याल्बो ल्होछार यस वर्ष मलेसियामा संयुक्त रूपमा मनाइने
क्वालालम्पुर, १९ डिसेम्बर —
मलेसियामा रहेका तामाङ समुदायले मनाउने सोनाम ल्होछार र शेर्पा समुदायले मनाउने घ्याल्बो ल्होछार यस वर्ष संयुक्त रूपमा मनाइने भएको छ। प्रवासमा रहेर पनि मौलिक भाषा, संस्कृति, परम्परा र सामूहिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुवै समुदायको आपसी सहकार्यमा संयुक्त ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजक समितिका अनुसार ल्होछार पर्व कुनै एक समुदायको मात्र नभई ल्होछार मनाउने सम्पूर्ण बौद्ध मार्गी समुदायको साझा सांस्कृतिक चाड भएकाले यसलाई संयुक्त रूपमा मनाउने निर्णय गरिएको हो। यस संयुक्त पहलले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, सामाजिक सद्भाव, सहकार्य र एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
संयुक्त ल्होछार कार्यक्रममा तामाङ र शेर्पा समुदायका मौलिक सांस्कृतिक नृत्य, परम्परागत भेषभूषा प्रदर्शन, शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने तयारी गरिएको आयोजकहरूले जानकारी दिएका छन्। साथै प्रवासमा हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र संस्कृतिप्रति अपनत्व र चेतना अभिवृद्धि गर्ने उद्देश्य पनि कार्यक्रमको प्रमुख लक्ष्यका रूपमा लिइएको छ।
शेर्पा संघ मलेसियाका अध्यक्ष ङावाङ नुरी शेर्पाका अनुसार, “प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिराख्न यस्ता संयुक्त सांस्कृतिक कार्यक्रमहरू अत्यन्त आवश्यक छन्। ल्होछारलाई साझा पर्वका रूपमा मनाउनु नै हाम्रो सामूहिक शक्तिको परिचायक हो।”
आयोजकहरूले ‘ल्होछार फुटेर होइन, जुटेर मनाउनुपर्छ’ भन्ने मूल सन्देशलाई आत्मसात गर्दै यस प्रकारको संयुक्त कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी समझदारी र सामाजिक एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
संयुक्त ल्होछार कार्यक्रमको मिति, स्थान तथा अन्य विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।





