मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
धनगढीस्थित माछा बजार दुर्गन्धित सम्बन्धित निकाय मौन ।।।
धनगढीस्थित माछा बजार दुर्गन्धित सम्बन्धित निकाय मौन ।।।
विनोद अविरल , पुस १, सिराहा थाङमिचागु डटकम संवाददाता ।

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० अन्तर्गत धनगढी बजारमा रहेको माछा हाट अत्यन्त दुर्गन्धित बन्दै जाँदा पनि सम्बन्धित बजार समिति तथा सरोकारवाला निकाय मौन देखिएका छन् ।
स्थानीय बाबुराम खोलाको किनारमा अवस्थित उक्त माछा हाटको उत्तरी भागमा साप्ताहिक हाट लाग्ने क्रममा जथाभावी फोहोर थुप्रिँदा खोलाको पानी कालो भई दुर्गन्ध फैलिएको छ । यसका कारण आसपासका बासिन्दाको दैनिकी प्रभावित भएको स्थानीयको गुनासो छ ।
धनगढीमाई नगरपालिका–१२ का पूर्व वडा अध्यक्ष राजु श्रेष्ठको घर पछाडि पर्ने उक्त क्षेत्रमा दिनानुदिन जम्मा हुने फोहोरका कारण वातावरण अत्यन्त कष्टकर बनेको भए पनि सम्बन्धित निकाय भने मौन दर्शक बनेको आरोप स्थानीयले लगाएका छन् ।
यस बजार क्षेत्रमा सार्वजनिक शौचालयको समेत व्यवस्था नहुँदा समस्या झन् जटिल बनेको छ । आश्चर्यजनक कुरा के छ भने यही क्षेत्र आसपासमा नगरका प्रमुख व्यक्तिहरूको समेत बसोबास रहे पनि समस्याप्रति बेवास्ता गरिएको स्थानीयको भनाइ छ ।
समयमै उचित फोहोर व्यवस्थापन, सरसफाइ तथा आधारभूत पूर्वाधार निर्माण नगरेमा वातावरणीय तथा स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै स्थानीयले तत्काल ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।




