मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार, रमेश राईको अध्यक्षतामा २९ सदस्यीय समिति गठन !!!
मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार, रमेश राईको अध्यक्षतामा २९ सदस्यीय समिति गठन
क्वालालम्पुर, १६ डिसेम्बर २०२५ — नेपालमा हर्क साम्पाङको नेतृत्वमा उदाएको वैकल्पिक राजनीतिक धारको प्रतिनिधि दल श्रम संस्कृति पार्टीले मलेसियामा आफ्नो प्रवास संगठन विस्तार गरेको छ।
श्रम संस्कृति पार्टी प्रवास समन्वय सभा मलेसियाको नाममा आयोजित विशेष भेलाले डिसेम्बर १४ आइतबार औपचारिक रूपमा प्रवास संगठन विस्तार गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो। उक्त भेलालाई प्रवासी नेपाली श्रमिकहरूको राजनीतिक चेतना, अधिकार र संगठित आवाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
भेलाबाट रमेश राईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित समितिले श्रमिकको हक–हित संरक्षण, श्रमको सम्मान, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कृतिको प्रवर्द्धन तथा नेपालमा श्रममुखी शासन प्रणाली निर्माणका लागि प्रवासबाट सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
नवगठित कार्यसमिति
- अध्यक्ष: रमेश राई
- वरिष्ठ उपाध्यक्ष: शुभ राई
- उपाध्यक्ष: सोनाम सेर्पा
- महिला उपाध्यक्ष: सुजला राई
- महासचिव: ऐच्छिक राई
- सचिव: विकास विश्वकर्मा
- सह–सचिव: मेनुका सुब्बा
- कोषाध्यक्ष: भरण शेर राई
- सह–कोषाध्यक्ष: सौजन्य लिम्बु
सदस्यहरू:
सञ्जिव राई, खगेन्द्र चौलागाईं, अभि राई, अबिन्द्र नेम्वाङ, चित्र वाम्बुले राई, मनकुमारी राई, सुस्मिता केदेम लिम्बु, दिवस राई, तुलसा राई, बिरेन देवान, संजय बान्तवा, प्रतीक्षा सेर्पा, राम तारानाथ यादव, सन्त कुमार आङ्देम्बे, प्रबिन कुलुङ, राजु राई, युगल नेम्वाङ, कमल राई, बिबस राई, टीआर एक्सो हाङ लिम्बु।
सल्लाहकार समिति
भीमकुमार राई, मोहन मगर, निर्मल लिम्बु, युबराज राई, अर्थ सेलिङ लिम्बु, हाङ्सा लिम्बु, भबिन कुलुङ।
नवगठित समितिले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम, अधिकार र आवाजलाई संगठित रूपमा उठाउने, श्रमिक समस्यालाई संस्थागत ढंगले सम्बोधन गर्ने तथा नेपालमा श्रममैत्री र जनउत्तरदायी राजनीतिको स्थापनाका लागि प्रवासबाट निरन्तर भूमिका खेल्ने लक्ष्य लिएको जनाएको छ।
मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तारलाई प्रवासी नेपाली राजनीतिमा वैकल्पिक सोच, श्रमकेन्द्रित राजनीति र नयाँ राजनीतिक संस्कृतिको अभ्यासका रूपमा हेरिएको छ।





