अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार २०२६ भव्य रूपमा आयोजना हुँदै ।।।
मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार २०२६ भव्य रूपमा आयोजना हुँदै
मिति: १८ जनवरी २०२६, जोहोरबारु (मलेसिया)
जोहोरबारु (मलेसिया) — मञ्जुश्री संवत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को पावन अवसरमा मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार–२०२६ भव्य रूपमा आयोजना हुने भएको छ। उक्त सांस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवाश शाखा, मलेसिया क्षेत्रीय जोहोरबारु कार्यसमितिको आयोजनामा हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रम १८ जनवरी २०२६, बिहान ११ बजे, जो होटल, जोहोरबारुमा सम्पन्न हुनेछ। तामाङ समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा ख्यातिप्राप्त कलाकार सुमिना ल्हो र बेरागी मोक्तानको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। कलाकारहरूको प्रस्तुतिले सोनाम ल्होछारको उत्सवलाई थप आकर्षक र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
सोनाम ल्होछार तामाङ समुदायको महान पर्वका रूपमा मनाइँदै आएको छ। यस पर्वले आपसी एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास आयोजकको छ। विदेशमा रहेर पनि मौलिक संस्कृतिलाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने आयोजक समितिको भनाइ छ।
आयोजक नेपाल तामाङ घेदुङ प्रवाश शाखा, मलेसिया क्षेत्रीय जोहोरबारु कार्यसमितिले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण तामाङ दाजुभाइ, दिदीबहिनी तथा नेपाली शुभेच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गरेको छ।





